कानुनी रुपमै अलग भए गायक रामकृष्ण ढकाल श्रीमतीसंग
२०७६ पुस ९ गते

पुष ९, काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा बुधबार उनीहरु दुईबीच सम्बन्ध विच्छेद भएको हो। न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरु दुईबीच सम्बन्ध बिच्छेदको मुद्दा टुंग्याएको हो। ढकाल र शाहका एक छोरी छिन्। सम्बन्ध विच्छेदपछि छोरी आमासँगै बस्ने भएकी छन्।
शाहले मंगलबार सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन्। जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार शाहले ढकालसँग अंश नलिने भएकी छन् भने छोरीको पालनपोषण र शिक्षादीक्षाको खर्च संयुक्त रुपमा व्यहोर्ने सहमति पनि उनीहरुबीच भएको छ।

२०७६ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








