सीमा विवाद समाधान प्रकृया अगाडि बढिरहेको छः गृहमन्त्री थापा

पुस १५, काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गृहमन्त्री रामबहादुर थापाले लिम्पियाधुराको विवाद समाधान प्रकृया अगाडि बढिरहेको बताएका छन् । 

सीमा सुरक्षाका सवालमा मंगलबार गृहमन्त्री थापाले दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडि बढेको जानकारी गराए । सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत उनको भनाई छ । 

‘सिंगो राष्ट्रको सुरक्षाका लागि बिओवी विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय अनुसार प्रकृया अगाडि बढेको छ,’ उनले भने, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्न प्रकृया अगाडि बढेको छ ।’  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =