मौसमः पहाडी भू-भागमा बदलि, हिमपातको सम्भावना, यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

मंसिर २४, काठमाडौं । आज देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छः   

मंसीर २४ गते (मंगलबार) 

null

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागमा आंशिक बदलि रहनेछ । 

मंसीर २५ गते (बुधबार) 

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ। 

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ । 

मंसीर २६ गते (विहिबार) 

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भू-भाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =