एमसीसीमा कुनै पनि व्यवधान छैन, तुरुन्त संसदबाट पारित गर्नुपर्छ : पूर्व अर्थमन्त्री महत

पुष ६ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीससी अमेरिकाको सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने माग गरेका छन् । उनले भने,‘यो मिलिटरी एलायन्स होईन् । यसको मिलिटरीसँग कुनै सम्बन्ध छैन् । यसको प्युअर पर्पोज भनेको नै गरिबी निवारण हो ।’ 

र रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले एमसीसीबारे भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । उनले भने,‘आजपनि मैले अखबारमा देखेको थिएँ, प्रचण्डजीले पनि केही भन्नुभएको रहेछ, एमसीसीबारे भ्रममा नपर्न म सबैमा आग्रह गर्दछु । यो सहयोग प्राप्त गर्न हामीले धेरै मेहनत गरेका छौं । यो कुनैपनि मुलुकको खिलाफमा छैन् । मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुग्छ ।’ 

उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकार समक्ष आग्रह समेत गरे । उनले भने,‘जसले यसको विरोध गरिरहेका छन्, त्यो भनेको अज्ञानताको कारण हो । एमसीसी भनेको त स्वतन्त्र बडी हो । यसमा कहाँ छ सैन्य गठबन्धन ? यो अमेरिकाको सैन्य गठबन्धन हो भन्नु काल्पनिक कुरा हो ।’ 

उनले नेपाल असंलग्न राष्ट्र भएकोले कुनैपनि सैन्य गठबन्धनमा सहभागी नहुने जिकिर गरे । उनले भने,‘हामीले आफ्नो नीतिअनुसार सहयोग लिने हो । उनीहरुले आफ्नो नीतिअनुसार सहयोग दिने हो।’ उनले एमसीसीको कुनैपनि क्लाउज आपत्तिजनक नभएको पनि जिकिर गरे । उनले भने,‘मेरो बुझाईमा त ईण्डो प्यासिफिक स्टा«टेजीपनि मिलिटरी एलायन्स होईन् ।’ 

उनले चीनबाट पनि नेपालले सुरक्षासम्बन्धी सहयोग लिएको सुनाए । उनले भने,‘चीन र भारतबाट पनि नेपालको सेनालाई सहयोग भएको छ । अमेरिकाले पनि सहयोग गरेको छ ।’ एमसीसी त ‘ईकोनोमिक–फेनोमेन’ भएको उनको भनाई छ । उनले भने,‘एमसीसी बाईल्याटरल एग्रिमेन्ट हो ।’ 

फरक प्रसँगमा उनले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको हैसियत संवैधानिक भएकोले सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । भारतसँगको सीमा विवादको सम्बन्धमा पनि उनले कुटनीतिक रुपमा समाधान खोजिनुपर्नेमा बताए । उनले भने,‘सीमा विवादको समस्या कुटनीतिक रुपमा हल गरिनुपर्छ । भारतसँगको अरु सम्बन्ध बिग्रिएको छैन् । भारत र चीनबीचपनि सीमा  विवाद छ, तर उनीहरुबीच अरु सम्बन्ध राम्रो छ ।’ 

महतले १८१६ मा भएको सुगौली सन्धीअनुसारको सीममा नेपालको दाबी रहेको स्पष्ट पारे । उनले भने,‘चाँडोभन्दा चाँडो यो विवादको समाधान गर्नुपर्छ ।’ उनले नेपालकै नक्शामा विगतमा गलत भएको पनि त्रुटी औंल्याए ।   

उनले कांगेसभित्र केही विवाद रहेको सुनाउँदै ती विवादको चाँडो समाधान हुनुपर्नेमा जोड दिए । उनले भने,‘बहुमतको आधारमा पेलेर अनुचित निर्णय गर्नुहुँदैन् । सहमतिमा निर्णय गरिनुपर्छ । महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम गर्नुहुँदैन् । मूल एजेण्डा अब महाधिवेशनलाई नै बनाउनुपर्छ ।’ उनले पार्टी एक बनाउने आम नेता तथा कार्यकर्ताको चाहना रहेको पनि सुनाए । उनले भने,‘पार्टीलाई बलियो बनाउनेगरि त्यही ढंगले गतिविधि गर्नुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =