क्रिसमसको फोटोसुटमा सैफ अली खानको छोराछोरी

पुस ९, भारत । सैफ अली खानको पहिलो श्रीमती  अमृता सिंह तर्फका सन्तान सारा अली खान र इब्राहिमले क्रिसमसको मौकामा फोटोसुट गरेका छन् । 

सारा अली खानले सामाजिक संजाल इन्स्टाग्राम आफू र भाईले क्रिसमसको लागि खिचेको फोटो सेयर गर्दै उक्त कुराको सार्वजनिक गरेकी हुन् ।   

उनले फाेटाे सेयर गर्दै लेखेकी छिन् । 

 ‘Red nose reindeer White snowflake ❄️ Virgin eggnog Christmas cake Get the party started It’s Christmas Eve for heavens sake  

खासमा कुारा के हो भने सारा र इब्राहिम करिना कपुरको क्रिसमस पार्टीमा पुगेका थिए ।  उक्त पार्टीका लागि साराले सेता पहिरन लगाएकी थिइन् । यस्तै इब्राहिमले डेनिम ज्याकेट र कालो जिन्स लगाएका थिए । यसै पार्टीमा क्रिसमसको मौकामा छोपेर उनीहरुले फोटो सुट गरेका हुन् ।   

सेफ अली अमृता यी दुई सन्तानबीच धेरै भिन्नता छ । सारालाई क्यामरासँगप्रति लगाव छ भने उनको भाई  इब्राहिम क्यामेराको फेस नै गर्न चाहदैनन् ।  सारा चाँडै सबैसँग घुलमिल  हुन्छिन् भने  इब्राहिम अन्तर्मुखी स्वभावका छन् । उनी चाँडै कसैसँग घुलमिल हुन सक्दैनन् ।  भिन्न स्वभाव भएपनि उनीहरुबीचको सम्बन्ध भने निकै बलियो देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *