डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख २० लाख घुससहित पक्राउ

मंसिर २६, काठमाडौं । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सिडिई) र इन्जिनियर पक्राउ परेका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले २० लाख घुससहित डिभिजन प्रमुख ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाई नियन्त्रणमा लिएको हो ।   

सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानीको लागि घुस लिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।   

घुस लिइसकेको अवस्थामा उनीहरुलाई काठमाडौं कामनपा–१० स्थित रोयल अलिना बेकरी क्याफेबाट उक्त रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =