दुर्घटना अपडेट : बागलुङ जीप दुर्घटनाका मृतकहरुको सनाखत

मंसिर १७, बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ ।   

मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का जीप चालक रेशम थापा, इस्मा गाउँपालिका ५ कै ४० वर्षीय वसुन्धरा कार्की, २३ वर्षीय मैया थापा, नवलपरासी वर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड ५ कि ५५ वर्षीय लक्ष्मी केसी, इस्मा  ५ गुल्मीकी ४० वर्षीय सीता कार्की, इस्माकी तुलसी कार्की, ४५ वर्षीय भूमि कार्की, २५ मीना कार्की २५ वर्षीय, धनबहादुर कार्की, ४० वर्षीय झवि कार्की रहेका छन्. भने अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

null

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =