प्रमु्ख जिल्ला अधिकारीहरुको सरुवाः कस्को कहाँ सरुवा ?
२०७६ मंसिर १८ गते

मंसिर १८, काठमाडौँ । गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ६ जना प्रमुख जिल्ला अधिकारीहरुको सुरुवा गरेको जानकारी गराएको हो ।
गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।
यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
null
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








