सिरहामा ब्राउन सुगरसहित एक पक्राउ
२०७६ पुस ८ गते

पुस ८, सिरहा । मंगलबार गोप्य सूचनाको आधारमा प्रहरीले सिरहामा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
सिरहाको गोलबजार १० धर्मपुर बुद्धचोकबाट प्रहरीले साही स्थानकै २५ वर्षीय संजय मुखियालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनलाई प्रहरीले लागूऔष बिक्री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले नियन्त्रण लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मुखियाको साथबाट प्लाटिकका १४ वटा पोकाबाट अन्दाजी १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर फेला पारिएको छ ।

उनलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जयसवाले जानकारी दिएका छन् ।
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








