जलवायु परिवर्तनः १९६ देशले उठाए कदम, यी चार देशले फैलाइरहेका छन् विष

मंसिर १८, नयाँ दिल्ली । संसारमा जलवायु परिवर्तनलाई लिएर लगातार चिन्ता बढिरहेको छ ।   

संयुक्त राष्ट्र करीब तीन दशक पहिलेदेखि नै जलवायु परिवर्तनले निम्त्याएको समस्या तथा परिवर्तनका कार्यहरुविरुद्ध लड्ने प्रयासमा जुटिसकेको थियो तर उसको प्रयास अझै पूर्ण भइसकेको छैन ।   

हरेक वर्षझैँ यस पटक पनि संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन सुरु भइसकेको छ, जसमा विश्वभरका १९६ देश भाग लिइरहेका छन् । जलवायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र फ्रेमवर्क सम्मेलन (यूएनएफसीसीसी) मार्फत कन्फ्रेन्स अफ पार्टीज (सीओपी)–२५ यस पटक २ देखि १३ डिसेम्बरसम्म स्पेनमा आयोजना गरिएको छ । यस सम्बन्धी पहिलो सम्मेलन १९९५ मा जर्मनीको बर्लिन शहरमा आयोजना गरिएको थियो ।   

Image result for जलवायु परिवर्तन

के हो सीओपी–२५ (COP 25) जलवायु सम्मेलन ? 

संयुक्त राष्ट्रको यो २५ औं जलवायु सम्मेलन सीओपी (कन्फ्रेन्स अफ द पार्टीज) संयुक्त राष्ट्रसँग सम्बन्धित देशहरूको वार्षिक सम्मेलन हो । यस पटक यसमा २५ सत्र हुनेछ । जसमा अन्तर्राष्ट्रिय स्तरमा भएको जलवायु परिवर्तनलाई लिएर संसारभरीबाट आएका मानिसहरुले आफ्नो विचार राख्नेछन् ।   

ब्राजिलले पहिले यसको घोषणा गरेको थियो । तर उसले अभिप्राय परिवर्तन गरेपछि यो चिलीसामु आइपुग्यो । यद्यपी चिलीको सेटियागोमा भएको अशान्ति पश्चात ऊ पछि हटेपछि यसलाई स्पेनले होस्टिङ गर्न स्वीकार्यो । सम्मेलन पहिले पनि २५ नोभेम्बरदेखि १ डिसेम्बरम्म पूर्व सत्रको आयोजना गरेको थियो ।   

ग्रीन हाउस ग्यासको उत्सर्जनका कारण धर्तीको तापमान निकै तेजले बढीरहेको छ । यस सम्मेलनको उद्देश्य सबै देशका प्रतिज्ञाहरु स्मरण गराउनु पनि हो जसमा उनीहरुले ग्रीन हाउस ग्यास उत्सर्जन कम गर्ने सहमति जनाएका थिए । साथै २०१५ को पेरिस जलवायु सम्झौता लागु गर्ने विषयमा पनि छलफल हुनेछ ।   

यी चार देश फैलाइरहेका छन् विष   

२०१७ मा कार्बन उत्सर्जनमा चीन पहिलो, अमेरिका दोस्रो, भारत तेस्रो र रुस चौँथो स्थानमा थियो । यसमा चीनको हिस्सेदारी २७.२, अमेरिका १४.६, भारतको ६.८ र रुसको ४.७ प्रतिशत थियो ।   

यसअर्थमा दुनियाँमा कार्बन उत्सर्जनको आधा भन्दा ज्यादा हिस्सा यी नै देशहरुको छ ।   

यस सम्मेलनमा विश्वका ५० नेता सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसमा हुने छैनन् । किनकी उनले पेरिस जलवायु सम्झौताबाट बाहिर निस्कने फैसला गरिसकेका छन् ।   

संयुक्त राष्ट्रको तीन अलग अलग रिपोर्टका अनुसार जलवायु परिवर्तनको कारण बाढी, भू–स्खलन, सुख्खा र चक्रवातको संख्या बढिरहेको छ । यसले संसारका साढे तीन करोड मानिसका अगाडी खाद्य संकट खडा भइरहेको छ ।   

अहिले चीन कार्बन उत्सर्जन कम गर्न जुटिरहेको छ । यद्यपी ग्लोबल इनर्जी मोनिटरको रिपोर्टका अनुसार चीनले आफ्नो कोइला जलाउने क्षमता बढाएको र अहिले उसको योजना यसलाई अझै बढाउने रहेको छ ।   

यसका साथै चीन, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेशमा कोइलाबाट सञ्चालित बिजुली प्लान्टहरूको लागि आर्थिक सहयोग प्रदान गदैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *