आज शनिवार यसरी बित्ने छ तपाईको दिन, हेर्नुस् राशिफल र पञ्चाङ्ग

मंसिर २१, काठमाडौं । वि.सं. २०७६ मंसिर २१। शनिबार। इ.स. २०१९ डिसेम्बर ७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। एकादशी, ३१:३२ उप्रान्त द्वादशी। नक्षत्र– रेवती, २५:२३ बजेउप्रान्त अश्विनी। योग– व्यतीपात, १७:४४ बजेउप्रान्त वरियान्। करण– वणिज, १८:३६ बजेदेखि भद्रा, ३१:३२ बजेउप्रान्त वव। आनन्दादिमा धाता योग। चन्द्रराशि– मीन, २५:२३ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी १ पला। पञ्चक २५:२३ बजे समाप्ति। 

तपाईँको आजको राशिफल 

मेषकठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । 

null

वृषआकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । जोश जाँगर र हिम्मत बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

मिथुनविद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । 

कर्कटमित्र वा आफन्त बाट मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर प्रेममा मनमुटावका साथै मन कमजोर रहला । 

सिंहआज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउन सक्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । 

कन्यादुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । 

तुलाधार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सेतो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ । 

वृश्चिकआज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । 

धनुआँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा भने मन लाग्नेछ । 

मकरकतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । 

कुम्भएकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

मीनदौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =