पोखरा प्रिमियर लिगः खेलबाटै बाहिरियो पोखरा

पुस ७, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा साविक विजेता पोखरा पल्टन खेलबाटै बाहिरिएको छ ।   

पोखरा रंगशालामा सोमबार भएको खेलमा एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित हुँदै ५ खेलमा मात्र २ अंक जोडेको पोखरा खेलबाटै बाहिरिएको हो ।   

धनगढीको पनि यो ५ औँ खेल हो । उसले ४ अंक जोडेको छ । पाँचौं स्थानको धनगढीको प्ले अफ सम्भावना कायम रहेको छ । 

Image may contain: one or more people, people playing sport and outdoor

पोखराले दिएको ८० रनको सामान्य लक्ष्य धनगढीले ९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । 

धनगढीका लागि दिपक पुनियाले २५ रन बनाउँदा रोड्रिगो थोमसले १५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन जोडे ।   

पोखराका प्रथामेश डाके र सराबजित लड्दाले २/२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रन बनाएको थियो । 

पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन जोड्दा विनोद भण्डारीले १२ रन बनाए । कुशल भुर्तेलले ७ बलमा ६ रन बनाए। अर्का ओपनर आसिफ शेखले २९ बलमा ३२ रन बनाए । उनले ४ चौका हाने।   

कप्तान शरद भेषावकर ३ बलमा ४ रन हान्दा हिट विकेट भए। रवि इन्दर सिंह २ बल खेलेर शून्यमै आउट भए।   

रोहित कुमार पौडेल ३ बल खेल बिना रन आउट भए। प्रथमेस डाके ५ बलमा २ रन हान्दा अनिलको बलमा बोल्डआउट भए।   

धनगढीका अनिल खरेलले ३ विकेट लिए । दिपक पुनिया, कमल सिंह ऐरी र सागर ढकालले २/२ विकेट लिए । 

पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराएको थियो। दोस्रो खेलमा चितवनसँग ६ विकेटले हारेको पोखरा तेस्रो खेलमा विराटनगरसँग ४५ रनले हारेको थियो। चौथो खेलमा पोखरा बुटवलसँग ८ विकेटले हारेको थियो।  

यस्तै धनगढीले पहिलो खेलमा विराटनगरलाई ५ रनले हराएको थियो। धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले हारेको थियो। तेस्रो खेलमा चितवनसँग ५२ रनले हारेको धनगढी चौथो खेलमा बुटवलसँग ७ विकेटले हारेको थियो।  

अब लिग चरणका दुई खेल बाँकी छन्। जसमा चितवन र काठमाडौंबीच मंगलबार साथै विराटनगर र बुटवलबीच बुधबार खेल हुनेछ।  

अहिलेसम्म चारमा चारै खेल जितेको चितवन ८ अंक तालिकाको शीर्ष स्थानमा छ। चार खेलमा तीन खेल जितेको बुटवल ६ अंकसहित दोस्रो स्थानमा छ। चितवन र बुटवल प्लेअफमा पुगिसकेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =