ट्रकसँग एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु

दुर्घटनाग्रस्त एम्बुलेन्स 

मंसिर १५, मोरङ । मोरङमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।   

विराटनगरबाट शव बोकेर उदयपुरतर्फ आइरहेको ना१च ९६६४ नम्बरको एम्बुलेन्स ना२ख ९०८२ नम्बरको ट्रक शनिबार राति सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको हो ।   

दुर्घटनामा ज्यान गुमाउनेमा एम्बुलेन्स चालक २८ वर्षीय, राजेश दनुवार, वर्ष ३४ का दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई रहेका छन् ।   

प्रहरी घटनास्थलमा पुग्दा एम्बुलेन्सभित्र ७ वटा शव थिए । तीमध्ये एकजना शिवमाया राईको उपचारका क्रममा पहिल्यै मृत्यु भइसकेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।   

जाडोयाममा रातिको समयमा तराईमा लाग्ने तुवाँलो तथा हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।   

सबै शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *