खेलाडी कायलियान एम्बाप्पेकाे ट्वीटर ह्याक

पुस ४ । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलियान एम्बाप्पेले ह्याकरहरुको समूहले आफ्नो ट्वीटर एकाउन्ट ह्याक भएको जानकारी दिएका छन् । बिहीबार बिहान उनको ट्वीटर ह्याक भएको देखिएको थियो । 

२१ वर्षीय फ्रेन्च खेलाडीको ट्वीटरमा देखिने नामको साटो ००० भनेर लेखिएको थियो । ह्याकरहरुले उनको अकाउन्टबाट केही पोष्ट भने गरेनन् । 

२०१७ का गोल्डन ब्वाइ विजेता एम्बाप्पेले ले मान्सबिरुद्ध पीएसजीले ४–१ को जीत निकालेपछि ट्वीट गरेपछि उनको अकाउन्ट ह्याक भएको थियो । 

Image result for काइलियान एम्बाप्पे

अहिले भने उनले आफ्नो एकाउन्टमा पुनः नियन्त्रण पाइसकेका छन् । उनले ‘आइ एम ब्याक’ भन्दै पुनः ट्वीट गरेका छन् । 

  

  

पीएसजीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्च लिगको शीर्ष स्थानमा कब्जा जमाएको छ । दोस्रो स्थानमा रहेको मार्सेभन्दा सात अंकले अघि रहेको छ । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि प्रवेश गरिसकेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =