ललितपुरमा घुससहित अधिकृत पक्राउ

पुस ९, काठमाडौँ । ललितपुरमा घुस रकमसहित एक  अधिकृतलाई पक्राउ गरिएकाे छ ।   

पक्राउ पर्नेमा  पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्की रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।   

उनलाई सेवाग्रहीसँग घुस लिई रहेको अवस्थामा अख्तियारले  घुस रकम ८ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।   

Image result for घुससहित अधिकृत पक्राउ

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार पक्राउ परेका कार्कीले कार्यालयको सूचनालाई पत्रिकामा विज्ञापन प्रकाशित गरेबापतको भुक्तानी दिने रकमबाट सेवाग्राहीसँग उक्त रकम घुस लिई रहेको अवस्थामा पक्राउ गरिरएको हो ।   

पक्राउ परेका कार्कीमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =