दैनिक दुई जना नेपाली कामदारको विदेशमा मृत्यु

पुस ०३, काठमाडौं । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार १५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरु शव बनेर फर्किएका हुन् । 

त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ अर्ब ११ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरे दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुक भित्रन्छ। त्यसको बदलामा राज्यले दिनको औसत दुई अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याइरहेका छ।   

पाँच वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५१० युवा विभिन्न मुलुक गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै पाँच लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =