दोश्रो मनमोहन स्मृति पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेदेखि

पुस ०४, सुनसरी । दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेदेखि सुनसरीको इनरुवामा हुने भएको छ । 

इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो । 

इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली ९आर्मी÷पुलिस÷एपीएफ०, सात प्रदेश, मलेसियाको राष्ट्रिय टिम र आयोजक गरी १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक विप्लव घोषले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ । समूहको शीर्ष टिम सोझै सेमिफाइनलमा पुग्ने छन् । 

Image result for दोश्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट

विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टिमले समान ३० हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ३ हजार ५ सय नगद प्रदान गरिने छ । ‘म्यान अफ द सिरिज’ लाई नगद ५५ हजारबाट पुरस्कृत गरिने छ । 

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले धेरै भन्दा धेरै एक दिवसीय क्रिकेटको आवश्यकता रहेका बेला त्यही फर्मेटको क्रिकेट गर्न गइरहेकोमा आयोजकलाई धन्यवाद दिदै प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे ।इनरुवा नगरपालिका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिए । 

मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले पुरुष क्रिकेट आयोजना गर्दै आइरहेकोमा अब महिला क्रिकेट आयोजनामा पनि सेन्टरले ध्यान दिइरहेको बताए । प्रतियोगिता सञ्चालन गर्न एक करोड पच्चीस लाख २ हजार ५ सय खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फाइनल माघ ४ गते हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =