कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सिनेट बैठक : साढे ७ अर्वको पञ्चवर्षीय योजना पारित

पुष १४, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकले प्रतिष्ठान छटौन समितिको अध्यक्षमा प्राडा गणेश गुरुङलाई नियुक्त गरेको छ । सोमबार बालुवाटारमा सम्पन्न बैठकले सदस्यमा डा तरुण पौडेललाई पनि नियुक्त गरेको छ ।   

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकले सो निर्णयसहित १२ वटा प्रस्ताव पारित गरेको छ।   

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार यसै शैक्षिक सत्र देखि शुरु हुने गरी एमडी एमएसका एमडिजिपी, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायतका कार्यक्रम सञ्चालन गर्ने, स्नातकोत्तरमा इपिडिमियोलोजि, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको छ। 

यस्तै प्रतिष्ठानको कर्मचारीको सेवा सुविधा सम्वन्धी नियामावली पनि पारित भएको छ । यसैगरी महालेखा प्रतिवेदन समेत पारित भएको छ । 

बैठकले साँढे सात अर्वको पञ्चवर्षीय गुरुयोजना समेत पारित गरेको रजिष्टार काफ्लेले जानकारी दिए।   

उनले चालु आर्थिक वर्षका लागि ६९ करोड रुपैयाँ बराबरको बजेट रहेको बताएका छन् ।   

बैठकमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकलपति डा राजेन्द्र वाग्लेलगायतका प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थित थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =