१३ औं सागअन्तर्गत करातेमा पदक जित्न सफल खेलाडीहरु सम्मानित

पुस १२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल सबै खेलाडीहरु शनिबार सम्मानित भएका छन् ।   

शंखडोल शाखा डोजो र भगवतीव युवा क्लबले करातेमा पदक जित्न सफल सबै खेलाडीहरुलाई आज सम्मान गरेको हो ।   

करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो । 

1.JPG

संघीय सांसद कृष्ण राई, शंखडोल शाखा डोजोका प्रमुख शिवराम कारन्जितले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । शंखडोल डोजोमा सागमा सहभागी नेपाली खेलाडीहरुले केहि समय प्रशिक्षण गरेका थिए । सोही डोजोमा भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अभ्यास गरेको प्रमुख कारन्जितले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =