सिद्धार्थ ईन्स्योरेन्सद्धारा घुम्ती बीमा सेवा

  

पुस १४, काठमाडौँ ।  सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँ पालिकावाट घुम्ती वीमा सेवाको सुभारम्भ गरेको छ  ।   

गाउँ पालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीमा समितिका अध्यक्ष  चिरञ्जीवी चापागाईले घुम्ती वीमाको माध्यामवाट सहज रुपमा वीमा सेवा प्राप्त हुने भएकोले यसवाट अत्याधिक लाभको लागि आग्रह गर्दै स्थानिय निकाय सँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यस तर्फ ध्यान दिन आग्रह गरे ।   

IMG-20191230-WA0004.jpg

गाउँ पालिका पदाधिकारी ,अगुवा कृषक तथा स्थानिय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँ पालिका उपाध्यक्ष लालसुब्बा गुरुङ्ग तथा नेपाल बीमक संघका महा सचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरे ।   

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्धेश्य , महत्व र यसवाट हुने फाईदाहरुको सम्वन्धमा प्रकाश पार्दै घुम्ती सेवा मार्फत घर दैलोवाटै बीमा सेवा लिन आग्रह गरे । समारोह स्थलवाटै केहि वीमा लेख समेत जारी गरीएको थियो ।           

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =