कांग्रेस केन्द्रीय समितिको बैठक मंसिर २६ मा

मंसिर १८, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गरी पार्टी मुख्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बस्ने जानकारी दिएका छन् । 

बैठकमा उपनिर्वाचनको समीक्षा, नेतृत्वविहीन भ्रातृ संस्था र पार्टीको केन्द्रीय विभागहरु गठनबारेको  एजेण्डामाथि छलफल हुने बताइएको छ । बैठकमा आगामी पुस ७ गतेदेखि सुरु हुने तेस्रो चरणको पार्टीको राष्ट्रिय जागरण अभियानबारे पनि छलफल हुनेछ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =