यस्तो छ उपेन्द्र यादवले मन्त्रिपरिषद बैठकमा लगेको संसोधन प्रस्ताव

पुष ८, काठमाडौँ । सत्ता साझेदार दल समाजवादी पार्टीले सोमबार मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि पाँच बुँदे प्रस्ताव पेश गर्यो ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले सरकाले विपक्षी दल राजपासंगको साँठगाँठलाई अघि बढाएपछि कठिन परिस्थितिलाई मध्ये नजर गर्दै मन्त्रिपरिषद् बैठकमा एकाएक संविधान संशोधन प्रस्ताव लगेका थिए ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रस्ताव ठाडै अस्वीकार गरेपछि उपेन्द्र यादवको प्रस्तावमा छलफल नै हुन पाएन।

यादवले नेपालको संविधानमा सुधारका विषयमा अध्ययन गर्नका लागि समिति गठन गर्न र त्यही समितिका आधारमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लिखित प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्रीले अहिले संविधान संशोधनको औचित्य नभएको भन्दै यादवको प्रस्तावलाई डाडै अस्वीकार गरेका थिए।
प्रधानमन्त्रीले संशोधनका लागि अध्ययन समिति बनाउने प्रस्ताव अस्वीकार गरेपछि समाजवादी पार्टी नेपाले सरकार छाड्ने भएको छ। संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि समाजवादीले सरकार छाड्ने भएको हो।
समाजावदीबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान सहित कानुन न्याय तथा संसदीय मामिला र महोमद इस्तियाक राई सहरी विकास मन्त्री छन्।
यादवले सरकार छाड्ने निर्णय आजै विज्ञप्तिमार्फत सार्वजनिक गर्ने र भोलि पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने एक नेताले जानकारी दिए।








