सुन्तलाको बोक्राका ६ अचम्मका फाइदा !

पुस ४, काठमाडौं । जाडो मौसममा फलफुलमा प्रिय हुन्छ सुन्तला । घाममा बसेर बदाम र सुन्तला खाने गरिन्छ ।   

सुन्तलाको फाइदा अनेक छन् । गुदीमा मात्रै होइन, बोक्रा पनि उत्तिकै लाभदायी छ ।   

विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ ।   

सम्बन्धित छवि

सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई बचाउँछ ।   

सुन्तलाको बोक्राको फाइदाः 

एक्नी हटाउन 

सुन्तला भिटामिन सीले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ । 

मरेको छाला हटाउन 

अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ । 

फोहोर सफा गर्न   

छालामा फोहोर जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ र प्राकृतिक चमक ल्याउँछ । 

चमक 

सुन्तलाको बोक्राले छालामा चमकता ल्याउँछ । सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ । सुन्तलाको बोक्राबाट बनेको मास्क लगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ । 

तैलिय छालाको उपचार 

सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ । यसमा मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ । 

कलिलो छाला   

सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =