कांग्रेसमा झन् किचलो, देउवा र पौडेल आ-आफ्नो अडानमा
२०७६ पुस ८ गते

पुस ०८, काठमाडौं । कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो।
पौडेल समूहको सोमबार बसेको बैठकले विधानबाहिर गएर सहमति नगर्न वार्ता समितिलाई निर्देशन दिएको छ। महामन्त्री डा. शशांक कोइराला निवासमा बसेको बैठकले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यलाई विधानभित्र रहेर सहमति खोज्न भनेको हो। यो समाचार अन्नपूर्ण पोष्ट्ले छापेको छ ।
null
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








