आजको मौसमः पहाडी भू-भागमा बदली, तराईमा हुस्सु / कुहिरो
२०७६ पुस १ गते

पुस ०१, काठमाडौं । हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ र तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १ गते (मंगलबार)
null
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदलि र अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
पौष २ गते (बुधबार)
दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष ३ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमि भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर आंशिक बदली रहनेछ।
२०७६ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








