पर्यटनमा युवा सहभागिता आवश्यक

युवा देश विकासको संवाहक हुन् । राष्ट्रले युवा शक्तिलाई परिचालित गर्न सकेको खण्डमा देशमा समृद्धिको ढोका खोलिनेछ । ‘समृद्ध नेपाल सुखी नेपाली’ अवधारणालाई सरकारले अघि सारेको छ । यसैअनुरुप नीति तथा कार्यक्रमहरु निर्माण भएका छन् । यस अवधारणामा सरकारले युवासँग हातेमालोको थालनी गर्नुपर्छ । समृद्ध नेपाल बनाउन युवाको भूमिका महत्वपूर्ण रहन्छ । उनीहरुलाई अभियानमा जागरुक गराउन आवश्यक छ । यस अवधारणालाई जनताको भन्ने भान गराउन सकिएको छैन । अवधारणाको मर्मअनुसार सबै क्षेत्रलाई आ–आफ्नो तवरबाट गर्नुपर्ने भूमिकाको विषयमा सू–सुचित गराएर उत्प्रेरित गराउनु आवश्यक छ ।   

राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिका ५५ सूचक तयार गरेको छ । दीर्घकालीन विकासका लागि १५ औँ पञ्चवर्षीय योजनाको मस्यौदामा आयोगले विभिन्न क्षेत्रलाई नौ शीर्षकमा वर्गीकरण गरी छुट्टाछुट्टै लक्ष्य तोकेको हो । उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तर आबद्धता, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सुशासन, कानुनी शासनलगायतका लक्ष्य लिइएको छ । १५ औँ पञ्चवर्षीय योजना कार्यान्वयन पूरा हुने आर्थिक वर्ष २०८०/८१ सम्म प्राप्त गर्नुपर्ने लक्ष्यलाई सूचकमा राखिएको छ । राष्ट्रिय सूचकमध्ये समृद्धिका ३२ वटा छन्, भने सुखका २३ वटा छन्  । जसमध्ये युवा लक्षित केही सूचकहरु युवा साक्षरता, प्राबिधिक तथा व्यवसायिक क्षेत्रमा तालिम, बेरोजगारी संख्या न्यूनिकरणलगायतलाई सूचीमा समावेश गरिएको छ । हाल आर्थिक वृद्धिद्धर ५.९ प्रतिशत रहेको छ भने २०८०/८१ सम्म यसलाई बढाएर १०.३ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिइएको छ ।   

यसैगरी सन् २००९ मा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पर्यटन भिजन २०२० गुरुयोजना प्रकाशन गरेको थियो । जसमा नेपालको पर्यटनको बलियो पक्ष, कमजोर पक्ष, अवसर, चुनौती (SWOT) विश्लेषण गरेको छ । जसमा नेपालको पर्यटनको बलियो पक्ष विश्वको अग्लो हिमाल, प्राकृतिक सौन्दर्य, वातावरण, साहसिक पर्यटनका बिबिधता, सांस्कृतिक सम्पदा एवम् रहनसहनलाई लिइएको छ । कमजोर पक्ष पूर्वाधारमा लगानी न्यून, सडक सञ्जालको विस्तार न्यून, पब्लिक प्राइभेट सहकार्य कमजोर, टार्गेट ग्रुपअनुसार मार्केटिङमा बेवास्ता गरी मास पब्लिसिटीमा जोड, केही क्षेत्रमा मात्र पर्यटनको अवयव मजबुत जस्ता बुँदाहरु रहेका छन् ।  

null

अवसरका खोजीमा बाहिरिने युवाहरुलाई अर्थाेपार्जनका लागि निरन्तर विदेश नै जानुपर्ने बाध्यताबाट मुक्त गराएर देशमै अवसर देखाउन सक्यौं, भने उनीहरु मुलुक छाडेर बाहिर जादैनन् । देशले लक्ष्य लिएको आर्थिक वृद्धिको लक्ष्य पनि प्राप्त गर्न सहज हुन्छ ।   

यसैगरी अवसरको पाटोमा सरकारको नजर पर्यटनमा पुगेको, छिमेकी राष्ट्रहरुबाट पर्यटकको आगमन, साहसिक पर्यटनमा पर्यटकको चाहनामा वृद्धि, अर्थतन्त्रको आधार पर्यटन हुने लगायतका बुँदाहरु उक्त रिपोर्टमा समावेश गरिएका छन् । यसैगरी चुनौतीमा राजनीतिक अस्थिरता, अन्तरदेशीय सरुवा रोगहरुको डर, अन्य पर्यटकीय गन्तव्य एवम् पर्यटकीय देशसँग तीव्र प्रतिष्पर्धा, आतङ्कवादको सम्भावना, प्राकृतिक सौन्दर्यको क्षति, विश्वव्यापी आर्थिक मन्दीले गर्ने असरलगायतका बुँदाहरु समावेश रहेका छन् । भिजन २०२० को गुरुयोजनामा अल्पकालीन र दीर्घकालीन लक्ष्य छुट्याइएको छ । जसअनुसारको कार्ययोजना अनुरुप कार्यहरु पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले गरिरहेको छ । उक्त भिजनमा मूलतः २ वटा लक्ष्य लिएको छ । जसमा २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने र पर्यटनमा रोजगारको सिर्जना गर्दै आर्थिक स्रोतको अवसर बढाउने छ । यसै गुरुयोजना अनुसार २०११ मा नेपाल भ्रमण वर्ष एवम् आगामी सन् २०२० मा नेपाल पर्यटन वर्ष २०२० मनाउने तयारी भइरहेको छ ।   

अब सन्दर्भ जोड्न खोजेको विषय पर्यटन र युवाको कुरो गरौं । यी माथिका अवधारणा र भिजनमा समान मुद्दा आर्थिक समृद्धि हो । देशले मानेको आर्थिक समृद्धिमध्येको एउटा आधार पर्यटन पनि हो । जसमध्ये अझैं पनि २१.६ प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । कुनै पनि मुलुकको ‘पिलर’का रुपमा युवालाई मान्ने गरिन्छ । तर, हाम्रो मुलुकबाट दैनिक युवाहरु विदेशी रहनु परेको छ । जसको दक्षतालाई हामीले आफ्नै मुलुकमा सदुपयोग गर्न सकेका छैनौं । यो भन्दा ठूलो बिडम्बना अरु के हुनसक्ला ! शारीरिक र मानसिक रुपमा श्रम गर्न सक्षम युवाहरु देशबाट निरन्तर बाहिरिरहेका छन् । जसले गर्दा देशले श्रम घाटा सहिरहनु परेको छ । युवाशक्तिहरु विदेशिनु रोजगार र लगानी मुख्य कारक हुन् ।  

यसैगरी विगतमा देशमा भइरहेको राजनीतिक अस्थिरताले पनि युवाहरु विदेशिनुमा बल पुगेको हुन सक्छ । हुनत मुलुकले विप्रेषणबाट आर्थिक फाइदा लिइरहेको छ । अब पनि सधैं युवालाई खाडी मुलुक मात्र पठाएर देशलाई समृद्ध बनाउने भन्ने नारा फुक्नुचाहिं मुनासिव होइन । दीर्घकालीन समृद्धिको कार्ययोजनाअनुरुप कदम चाल्नु जरुरी छ । युवाबाट वैदेशिक रोजगारबाट आर्जित रकमलाई देशमा भित्र्याएर उनीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्छ । अवसरका खोजीमा बाहिरिने युवाहरुलाई अर्थाेपार्जनका लागि निरन्तर विदेश नै जानुपर्ने बाध्यताबाट मुक्त गराएर देशमै अवसर देखाउन सक्यौं, भने उनीहरु मुलुक छाडेर बाहिर जादैनन् । देशले लक्ष्य लिएको आर्थिक वृद्धिको लक्ष्य पनि प्राप्त गर्न सहज हुन्छ ।   

वर्तमान अवस्थामा पर्यटनमा पूर्वाधारको कमी छ । पूर्वाधारमा लगानीको आवश्यकता र जनशक्तिको खाँचो छ । यस क्षेत्रमा विदेशबाट आएका युवाहरुलाई लगानीका लागि उत्प्रेरित गर्न सकिन्छ । जसबाट युवाहरु देशमै व्यवसायिक बन्नेछन् । पर्यटनमा साना ठूला पुँजीबाट व्यवसाय गर्न सकिन्छ । श्रम लगानी गरेर पनि रोजगार गर्न सक्छन् । जसले पर्यटनमा पूर्वाधारहरु थपिन र जनशक्ति पूर्तिमा मद्दत पुग्दछ । रोजगार गर्न सक्षम युवाहरुलाई पर्यटन क्षेत्रमा आवद्ध गराउनेतर्फ ध्यान पुर्याउन जरुरी छ । जसबाट सोचेअनुरुपको उद्देश्य हासिल गर्न सक्छाैं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =