माैसमः पूर्वी भू-भागमा वदली, तराईमा शीतलहरले जनजीवन प्रभावित

पुस ०२, काठमाडौं । हाल नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईमा हुस्सु/कुहिरो लागेको छ । प्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ।  

  

शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ। 

null

आगामी तीन दिनको मौसम पूर्वानुमान   

पौष २ गते (बुधबार) 

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

राती: देशको पूर्वी र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पौष ३  गते (बिहिबार) 

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती: देशभर आंशिक बदली रहनेछ। 

पौष ४ गते (शुक्रबार) 

दिउँसो: देशको पश्चिमि र मध्य भू-भागलगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।   

रातीः देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =