तीनवटा देशबाट ल्याइने औषधीमा सांसदहरुको आपत्ति

मंसिर २९, काठमाडौँ ।   प्रतिनिधिसभाकाे आईतबार बसेको बैठकमा सांसदहरुले तीन देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् ।   

संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा  तीन देश चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको भन्दै  सांसदहरुले आपत्ति जनाएका हुन् ।   

बैठकमा पूर्व स्वास्थ्यमन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताए । 

Image result for प्रतिनिधिसभाको आइतबार बसेको बैठक

उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पुर्याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए। यसैगरी बैठकमा खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान गर्न आवश्यक रहेको समितिका सभापति जयपुरी घर्तीले बताए ।   

बैठकमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको बताए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =