कठारका १० जना कांग्रेस परित्याग गरि नेकपामा

पुष ११, चितवन । चितवनको कठारमा विभिन्न पार्टी परित्याग गरि १० जना नेकपामा प्रवेश गरेका छन् । कठारका नेपाली कांग्रेसका क्रियाशिल सदस्य रामप्रसाद सेढाईसहित उनीहरु शुक्रबार नेकपामा प्रवेश गरेका हुन् ।   

खैरहनी वडा नम्वर १० र ११ बाट सेढाईसहित १० जना नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण प्रसाद खनालले अबिर लगायत स्वागत गरेका थिए ।   

नेकपा प्रवेश गर्नेहरुमा रामप्रसाद सेढाई, मगरा महतो, सोम दराई लगायत रहेका छन् । पार्टी प्रवेश गर्नेहरुले नेकपा र वर्तमान सरकारले लिएको लक्ष्य जनताको हित अनुकुल रहेको बताए ।   

सो अवसरमा पूर्व अर्थमन्त्री समेत रहेका नेकपा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुलाई समान व्यवहार गर्दै आवश्यकता अनुसार जिम्मेवार दिने बताए । नेता पाण्डेले नेकपालाई अझ मजबुद बनाउन स्थानीयस्तरबाट क्रियाशिलता बढाउन सुझाव समेत दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =