८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ

पुस ११, काठमडौ । झापामा ८ हजार घुससहित एक प्रहरी हवल्दार रंगेहात पक्राउ परेका छन् ।   

उनलाई सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट रंगेहात अख्तियार दुरुपयोय अनुसन्धान आयोगले पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठरहेको अख्तियारले जनाएको छ ।   

Image result for घुससहित हवल्दार पक्राउ

अख्तियारका अनुसार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिदैं थिए ।   

पक्राउ परेका हवल्दारमाथी थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =