युरोपा लिगः म्यानचेस्टर युनाइटेड फराकिलो विजयी, लिगको नकआउट चरणमा प्रवेश

मंसिर २७, काठमाडौं । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर एजेड अल्कमारलाई ४–० गोल पराजित गरेको छ । 

अन्तिम खेलमा फराकिलो जित निकाल्दै युनाइटेड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्ष स्थानको युनाइटेडको १३ अंक छ। डच क्लब अल्कमार ९ अंकसहित दोस्रो स्थानमा छ ।   

युनाइटेडलाई जिताउन मासन ग्रीनउडले २ गोल गरे । पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्यो ।  ५३ औं मिनेटमा एस्ले योङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।  मासन ग्रिनउडले ५८ औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।   

null

६२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जुआन माटाले गोल गरे ।  ६४ औं मिनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *