विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य र रजस्वला सचेतना शिविर

पुस ११, बिराटनगर  । मोरङको सरस्वती सदन माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर र प्रजनन स्वास्थ्य साथै रजस्वलासम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 

विराटनगर लेडिज सर्कल र बिराटनगर प्लेटिनम राउण्ड टेबल ११ को संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । 

विहिबार विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ५ देखि  १० कक्षासम्मका सय जना विद्यार्थीहरु सहभागी भएका थिए । 

null

उनीहरुको दन्त स्वास्थ्य परिक्षण गरि टुथ पेस्ट र टुथ ब्रस वितरण गरिएको विद्यालयका शिक्षक किशोर कुमारले जानकारी दिए । यस्ता खालका कार्यक्रमहरुले विद्यार्थीहरुमा  चेतना अभिवृद्धि भएको शिक्षकको भनाई थियो ।   

आगामी दिनमा यस्ता कार्यक्रमको आयोजना गर्न उत्प्रेरणा मिलेको बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ का अध्यक्ष डा. बिमल अग्रवालले बताए ।   

किशोरी अवस्थामा महिलाहरुमा हुने रजस्वलाबारे समाजमा व्याप्त भ्रमहरुबाट  टाढै रहन विद्यालयका छात्राहरुलाई सचेत गरार्ईएको थियो । भने २८ दिनमा महिनावारी भएन भने स्वास्थ्य चौकी जान आग्रह समेत गरिएको छ ।   

महिनावारी हुदा सरसफाईलाई ध्यान दिनुपर्ने सन्देश सहित विद्यार्थीलाई रजस्वला सम्बन्धि सचेतना दिइएको थियो । दुई सय छात्रालाई निःशुल्क सेनिटेरी प्याड वितरण गरिएको डा. अकिंता अग्रवालले बताईन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *