तोकिएको मूल्य भन्दा चर्को मूल्य असुल्ने व्यापारी पक्राउ

मंसिर २७, जनकपुरधाम । धनुषाधाम बजारमा किसानसँग रसायनिक मलमा तोकिएको मूल्य भन्दा चर्को मूल्य असुली  ठगी गर्ने एक व्यपारीलाई प्रहरीले पक्राउ गरिएको छ भने अर्का एक  व्यापारी फरार रहेका छन् ।   

पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं ३ धनुषाधाममा पसल संचालन ३५ वर्षीय संजिव कुमार साह तेली रहेका छन् भने यस कार्यमा संलग्न अर्का व्यापारी रामबाबु प्रसाद यादव भने फरार रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेका संजिव कुमारमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको छ भने फरार रहेका  रामबाबु प्रसादको  खोजीकार्य भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =