नेपाल नर्सिङ संघमा बामपन्थीको बर्चस्व, वीपी प्रतिष्ठानको भोट कसलाई गयो ?

पुस १०, काठमाडौं । नेपाल नर्सिङ संघको केन्द्रिय कार्य समितिमा प्रगतिशिल प्यानल विजयी भएको छ । हिजो सम्पन्न निर्वाचनमा केन्द्रिय अध्यक्षमा प्राध्यापक मनकुमारी राई विजयी भएकी छिन् । उनले १ हजार २ सय मत पाएकी छिन् । अध्यक्षमा पराजित पेशागत प्यानकी मुना राना थापाले ८ सय मत प्राप्त गरिन् । विजयी राई निवृत महाराजगंज नर्सिङ क्याम्पसकी प्राध्यापक हुन् ।   

संघको बरिष्ठ उपाध्यक्षमा चितवन मेडिकल कलेजका सहप्राध्यापक रमेश सुब्बा विजयी भए । उपाध्यक्षमा ओम हेल्थ क्याम्पसकी उपप्राध्यापक मिरा बानीया विजयी भइन् । महासचिवमा त्रिवि शिक्षण अस्पतालकी नर्सिङ सुपरभाइजर नर्वदा थापा विजयी हुँदा सचिवमा कान्तिबाल अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक प्रमिला थकाली विजयी भइन् । कोषाध्यक्षमा वीर अस्पतालकी नर्सिङ निरीक्षक कल्पना श्रेष्ठ विजयी भइन् ।   

संघको केन्द्रिय सदस्यहरुमा खुल्ला तर्फ विजया अधिकारी, जनजाति तर्फ हरिप्रसाद कोजू, आदिबासी तर्फ सोनु शेर्पा, दलित तर्फ सपना वि.क., मधेशी तर्फ अञ्जुकुमारी महतो, मुस्लिम तर्फ कोहिनुर फास्की, अनमी तर्फ अम्बिका पौडेल र सीता केसी विजयी भएका छन् ।   

नेपाल नर्सिङ संघ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने नेपाली कांग्रेस पक्षको पेशगत प्यानलै विजयी भएको छ । हिजो भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानलकी प्राध्यापक मुना राना थापालाई प्रतिष्ठानबाट मत खसेको थियो ।  संघको केन्द्रिय समितिमा बामपन्थीले विजय हासिल गरेपनि वीपी प्रतिष्ठानमा भने प्रजातान्त्रिक पक्षधरले जित हासिल गरेको छ ।   

वीपी प्रतिष्ठानबाट अध्यक्षका उम्मेद्वार मुना राना थापाले १७३ मत प्राप्त गर्दा अर्का प्राध्यापक मन कुमारी राईले ११३ मत प्राप्त गरिन् । वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रमेश सुब्बा र उर्मिला श्रेष्ठ मध्ये उर्मिला श्रेष्ठले १५४ मत पाएकी थिइन् । उपाध्यक्षमा विमला कुमारी शाहले १९० मत प्राप्त गरिन् । भने, महासचिबमा यसोदा बरालले प्रतिष्ठानबाट १९४ मत हासिल गरिन् ।   

धरान मतदान केन्द्रबाट सचिबमा जया मिश्रले १९१, कोषाध्यक्षमा कविता आचार्यले १९७, खुल्ला सदस्यमा ज्योती रानाभाटले १९२, जनजाति तर्फ भिमकुमारी श्रेष्ठ २०१, आदीबासी तर्फ प्रेमालक्ष्मी खागी १८६, दलित तर्फ मोहनकुमारी गैरे १९०, मधेशी तर्फ विणाकुमारी यादव १५८, मुस्लिम तर्फ इजरायल शाह २२६, अनमी तर्फ सिता भुसाल १९२ र मिरा गुरुङले १९२ मत प्राप्त गरेका थिए ।  हिजो भएको संघको निर्वाचनमा देशभर २१ मतदान केन्द्र थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =