के तपाईँ ५ वर्ष जेल बस्न तयार हुनुहुन्छ ?

पुस १५, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारलाई प्रश्न गर्न आम नागरिकलाई अपील गरेको छ ।   

कांग्रेसले सूचना प्रविधि र विशेष सेवासम्बन्धी विधेयकबारे सरकारलाई प्रश्न गर्न आम नागरिकलाई अपील गरेका हुन् ।   

सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैलाई हेच्याउने, जिस्क्याउने काम गरे ५ वर्षसम्म जेल हाल्न व्यवस्था छ भने विशेष सेवासम्बन्धी विधेयकमा सरकारले सार्वसाधारणको फोन ट्यापिङ गर्न सक्ने व्यवस्था छ । 

कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म विपरित भएको बताएका छन् ।   

उनले भने, ‘नागरिकले राजनीतिक दलको आलोचना गर्ने, राजनीतिकर्मीहरुप्रति व्यंग्य गर्ने, सरकारलाई सच्चिन सामाजिक सञ्जालमार्फत कोर्रा लगाउन पाउने संविधानले दिएको अधिकार हो । यसलाई यो सूचना प्रविधि विधेयकमार्फत कुण्ठित गर्न खोजिएको छ ।’ 

सरकार ‘बहुदलीय पञ्चायती व्यवस्था’को अभ्यासमा रहेको भन्दै कांग्रेसले आम जनतालाई सोधेको छ, के तपाई सामाजिक सञ्जालमा कुनै सामान्य व्यंग्य कसैलाई गरे वापत ५ वर्ष जेल बस्न तयार हुनुहन्छ ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =