सनफ्लो सनफ्लावर तेल खरिद गर्दा सुनिताले पाइन् हिराको हार

पुस ७, काठमाडाैँ ।  सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत तेस्रो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार बिजेताहरुलाई  हस्तान्तरण गरिएको छ । 

तेस्रो लक्की ड्र अन्तर्गत पाटन निवासी सुनिता लामालाई हिराको नेकलेस हस्तान्तरण गरिएको छ । पेप्सीकोला निवासी सृजना कार्कीले हिराको लकेट प्राप्त गरेकी छन् । 

पाल्पाका कमल नेपालले हिराको लकेट हात पार्न सफल भएका छन् । त्यसैगरी राजविराज निवासी अबिनाश यादव र नारायणघाट निवासी राजन गुरुङले हिराको टप प्राप्त गरेका छन् ।  

सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको तेस्रो लक्की ड्र विजेताहरुको नाम गत मंसिर ३० गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी बिजेताहरुको नाम घोषणा गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =