ओखलढुंगामा सुमो दुर्घटना
२०७६ मंसिर २४ गते

मंसिर २४, ओखलढुंगा । मंगलबार बिहान ओखलढुंगामा सुमो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
आज बिहान पौने ९ बजे सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त जिप ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार ना१ज ६४१२ नम्बरको सो जिपको स्टेयरिङ मोडिन नसक्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो
![]()
हाल घाईतेहरुको उपचार ओखलढुङ्गाकै मिसन अस्पतालमा भईरहेको र उनीहरु खतरामुक्त भएको जिल्ला प्रहरी कार्यालय प्रमुख पुष्पराज मल्लले जनाएका छन् ।
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








