सुनको भाउ ह्वातै बढ्यो
२०७६ पुस ९ गते

पुस ९, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा करोबार भएको छापावाल सुन आज प्रतितोला ७२ हजार ८ सयले कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी मंगलबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा बिक्री बितरण भएको छापावाल सुन आज प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।
२०७६ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








