अपाङ्गता दिवसमा खैरहनीमा अर्न्तक्रिया

मंसिर १७ गते ।  पूर्वी चितवनको खैरहनी नगरपालिकाले सरोकारवालाहरुसंग अर्न्तक्रिया गरेर अपाङ्गता दिवस मनाएको छ । कार्यक्रममा उनीहरुको गुनासा, समस्याहरुका बीच छलफल गरिएको थियो । 

 सो क्रममा  नेत्रहिन संघ चितवनका सदस्य दिपेन्द्र शर्माले अपाङ्गता भएकाहरुको अधिकारका विषयमा जानकारी गराउँदै कतिपय ठाउँमा त्यस्ता व्यक्तीले पाउने कार्डमा दुरुपयोग भएको गुनासो गरे । सरकारी संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउनु पर्ने उनले सुझाव दिए ।  

खैरहनी १३ का वडाध्यक्ष बालकुमार उप्रेतीले वडा र नगरपालिकाले अपाङ्गहरुलाई अपहेलना नगरेको बताए । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले  अपाङ्गता भएकाहरु प्रति नगरपालिका संवेदनशील रहेको भन्दै अध्ययन पछि मात्रै त्यस्ता व्यक्तीहरुलाई कार्ड बितरण गर्दै आएको बताए ।  

अपाङ्गता भएकाहरुको क्षमता विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ५ लाख रुपैया नगरबाट बिनियोजन गरिनुका साथै वडा कार्यालयहरुले पनि कार्यक्रम समावेश गरेको जानकारी दिए । साथै प्रमुख चौधरीले त्यस्ता व्यक्तीहरुको आम्दानीको श्रोतका लागि आयआर्जनका कार्यक्रम ल्याउन लागेको पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =