चिकित्सा क्षेत्रमा मानविकिको उत्खनन् विषयक दुई दिने अन्तक्रिया हुँदै

पुस ०४, सुनसरी । चिकित्सा क्षेत्रमा मानविकिको उत्खनन् विषयक आज र भोली दुई दिने अन्तक्रिया गर्ने भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत रहेको चिकित्साशास्त्रका विद्यार्थीहरुको संस्था परिक्रमा विद्यार्थी परिवार र जुनियर रेजिडेन्ट वेल्फयर सोसाइटीले दुई दिने अन्तक्रिया गर्ने भएका हुन् ।   

पुस ४ गतेदेखि हुने अन्तक्रियामा औषधी, संगित, नेतृत्व, व्याबसायिकता, मानवीयता, खेलकुद, कला र साहित्य, फिलान्थ्रोपीकललगायत समेटिएको छ । उपचारकालागि आइपुगेको एउटा विरामी र उसको उपचारमा चिकित्सकले देखाउने व्यबहार कस्तो हुनु पर्ने भन्ने विषय माथि हुने छलफलमा नेपाली चिकित्सा विज्ञानका नयाँ बहस हो । बहसले चिकित्सकभित्र रहेको मानवीय भावनालाई उजागर गर्दै विरामीको उपचारमा मदत पु¥याउन प्रेरणा दिन सक्ने बताइएको छ ।   

अन्तक्रियामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा गुरु प्रसाद खनाल, नेपालका लागि अष्ट्रेलियन राजदुत पेट बड, चिन्तक प्रदीप गिरि, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान मेडिसिन विभाग प्रमुख प्रा डा सन्जिव शर्मा, प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्रा डा मोहनचन्द्र रेग्मी, रोल्पा थवाङमा जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका सस्थापक जापानका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रुचिकी इसिदा, सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, प्रा डा बद्री बडु, डा मधुर बस्नेत, लेखक प्रा सञ्जीव उप्रेती, बिबिसीको एकसय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल बोनिता शर्मा, कृषि वैज्ञानिकलाई समेत चुनौती दिन सफल कृषक कृष्ण राई लगायत वीच व्यापक अन्तक्रिया गर्ने छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =