सेनाको गाडीको ठक्करबाट १४ वर्षिय चालकको मृत्यु

मंसिर २४, काठमाडौँ । मंगलबार बिहान रामेछापमा एक १४ बर्षिय बालकले चलाएको मोटरसाइकल नेपाली सेनाको गाडीसँग ठोक्किँदा बालकको मृत्यु भएको छन् भने अर्को एक बालक घाईते भएका छन् ।
आज बिहान १० बजेको समयमा रामेछाप नगरपालिका–८ भंगेरीमा रामेछापबाट मन्थली आउँदै गरेको नयाँ गोरख गण रामेछापको बा१ग १०७० नम्बरको गाडी सँग रामेछापतर्फ जाँदै गरेको बा३८प ३९४८ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।
१४ वर्षिय उक्त बालकको घटनास्थलमै मृत्यु भएको हो भने सोही मोटरसाइकलमा सवार अर्का १३ वर्षिय बालक घाईते भएका हुन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछाप ८ सल्लेका सुशिल तामाङ रहेका छन् भने घाइते हुनेमा सोही स्थानका अर्का बालक रामकृष्ण तामाङ रहेका छन् । हाल सेनाको गाडी चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको छ भने घाईते बालकको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।








