चोरी भएका थप ५ वटा मोटसाईकल बरामद

पुस १४, काठमाडाैँ ।  महानगरीय प्रहरी बृत्त किर्तिपुरले सञ्चारकर्मी राेसन दानीकाे चाेरी भएर फेला पारेकाे माेटसाईकल हस्तान्तरण गरेकाे छ ।  महानगरीय प्रहरी बृत किर्तिपुरले विशेष सुचनाकाे आधारमा मकवानपुरका विभिन्न स्थानवाट शंकास्पद माेटसाईकल नियन्त्रणमा लिने क्रममा दानीकाे पल्सर २२० सिसिकाे माेटर साईकल फेला पारेकाे हाे ।   

सञ्चारकर्मी दानीकाे कात्तिक १८ गते घरमै पार्किङ गरिराखेकाे माेटरसाईकल चाेरी भएकाे थियाे भने अनुसन्धानकाे क्रममा करिव दुई महिना पछि फेला परेकाे हाे । 

महानगरीय प्रहरी बृत्त किर्तिपुरका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले हाल सम्म ३९ वटा चाेरी भएका माेटरसाईकल सहित ११ जनालाई म्याद थप गरि मुद्दा चलाईएकाे र थप दुई जना अनुसन्धानकाे लागि नियन्त्रण लिएकाे बताए । उनले भने ‘हामी अनुसन्धान गर्दै छाैँ, राजधानी वाट चाेरी भएका माेटसाईकल हामी अरू पनि नियन्त्रण लिने प्रयासमा छाैँ हाम्राे कमान्डमा प्रहरीहरू परिचालित छन् धेरै आउन सक्छ ।’ 

महानगरीय प्रहरी वृत्त किर्तिपुरका प्रहरी निरीक्षक सुशील केसी ले प्रदेश नम्बर ३-०२-०३प८२०८  च्यासिस नम्बर MD2A13EYOJCH09669 इन्जिन नम्बर DKYYCJH59291 कालाे २२० सिसि पल्सस , बा ८५ प ४४६५ च्यासिस नम्बर MD2A13EY4CCH53621 ईन्जिन नम्बर DKYCCH68092 निलाे २२० नम्बरको पल्सर , बा८५ प ५७२९ च्यासिस नम्बर MD2A13EY06CJ58049 ईन्जिन नम्बर DKYCGJ75219 कालाे 220 सिसिकाे पल्सर ,बा ९२ प ४९६१ च्यासिस नम्बर MD2A36FY9HCG48553 ईन्जिन नम्बर JLYCHG07852 कालाे 200 सिसिकाे NS पल्सर माेटरसाईकल बरामद गरिएकाे बताए  । 

प्रहरी निरीक्षक केसीले वरामद गरिएको माेटरसाईकल सम्बन्धित धनीहरूलाई लिन आउन समेत अनुराेध गरेकाे छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =