सुनसरीको धरानमा ख्रिष्टमस युवा समाजको साईकल ¥याली सम्पन्न

पुष ०५, धरान । पुष ९ अर्थात आउदै गरेको ख्रिष्टमस महोत्सवको अबसर पारेर सुनसरीको धरानमा शनिबार साईकल ¥याली सम्पन्न भएको छ।
ख्रिष्टन युवा समाज धरानको आयोजनामा धरानको भानुचौबाट सुरु गरेको सो साईकल धरान ख्रिष्टय समाजको अध्यक्ष रेब्रेन सामुएल राई रिबन काटी शुभारम्भ गर्नुभएको थियो ।
सोही कार्यक्रममा अध्यक्ष राईले स्वस्थ्य तथा समाजिक कार्यलाई दृष्टीगत गरी गर्न लागेको सो ¥र्यालीकले आवश्यक पर्ने व्याम साईकल यात्राले परिपुर्ति गर्ने बताएका थिए ।

धरानको भानुौक क्षेत्रबाट शुरु ¥याली रत्न रोड, पालिका बजार, निराजन बस्ती, बगरकोट, देउराली, महादेब चौक, हरियाली बन, घोष क्याम्प, रत्न चौक ,शान्ती चौक, सयपत्री चौक, जोर सखुवा, गाणेशमान चौक, अन्नपूर्ण लाईन, छाता चौक हुँदै पुनः भानुचौकमा नै पुगी समापन भएको ¥याली सम्योजक प्रमोद पोर्तैलले जानकारी दिएका छन ।
१० किलोमिटर लामो यात्राको सो साईकल ¥र्याली समापन धरानको भानुचौकमा नै गरिएको आयोजक ख्रीसमस युवा समाजका अध्यक्ष एक्लन मगरले जनाएको छ ।
ख्रीष्मस लेखेको टि९सर्ट तथा ख्रीष्समस टोपी लगाई सुरु गरिएको सो साईकल अभियानलाई बराह ज्वेलर्स, लगायतका संस्थाहरुले बिभिन्न सामाग्री र अन्य सहयोग गरेका थिए । भने साईकल ¥याली मा सहभागी सबै साईकल यात्रीहरुलाई सहभागीतको प्रमाण पत्र समेत प्रदान गरिएको ख्रिष्टन युवा समाजका सचिव आकाश दर्नालले जानकारी दिएका छन ।
साइकल ¥यालीमा बिभिन्न संघसंस्थाका प्रतिनिधि, साइकल तथा पर्यटन व्यवसायीहरु, पत्रकार लगायतका बिभिन्न ब्यत्तित्वहरु गरी करिब सयौको संख्यामा सहभागिता रहको थियो।








