पूर्वसभासद रामेश्वर ढुङ्गेलको निधन
२०७६ पुस १ गते

पुष १, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो ।
ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेसले ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेको छ ।
null
२०७६ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








