सेवाग्राहीसँग २ लाख घुस लिने वडाध्यक्ष पक्राउ

४ पुस, नवलपरासी । नवलपरासीमा बिहिबार सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा एक वडाध्य‌‌क्ष  पक्राउ पक्राउ परेका छन् ।   

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्य‌‌क्ष गोपाल डिस्वा मगर रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।   

अख्तियारका अनुसार सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि  २ लाख रुपैयाँ लिई सेवाग्राहीले  रकम दिएको रसिद माग्दा नदिएपछि उनी सहित लेखनदास रविन्द्रप्रसाद यादव पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

सेवाग्राहीले  घुस लिएको आरोप वडाध्य‌‌क्ष मगर र यादव बिरुद्ध उजुरी गरेपछी वडाध्यक्ष डिस्वा मगरलाई रामग्राम नगरपालिका १८ स्थित होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी ९ बर्दघाट(सुस्ता पश्चिम) जाने बाटोबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =