धनुषा बम विस्फोटः इन्सपेक्टरको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो

मंसिर २८, धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका  ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।  बम विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिरकुमार दाहालको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।   

उनको कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दिए । बम विस्फोटमा  बाबु राजेश साहको र उनको छोराको घटनास्थलमै मृत्यु भएको थियो ।   

शुक्रबार राति राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । 

null

त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।  घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार भइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =