अमेरिकी सांसदसँग रिसाउदैँ बैठक नै रद्द गरे जयशंकरले

  

पुस ६, भारत । भारतका विदेशमन्त्री एस जयशंकरले कश्मीर मुद्दामा अमेरिकी सांसदको टोलीसँगको बैठक अचानक रद्द गरेका छन् । विदेशमन्त्री एस जयशंकर अहिले भारत–अमेरिका २ प्लस २ वार्ताका लागि अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका छन् । 

भेटघाट गर्न लागेको संसदहरुको दलमा अमेरिकी सांसद प्रमिला जयपाल पनि शामेल थिइन् । प्रमिला जयपालले यसअघि एक प्रस्तावमा भारत सरकारले कश्मीरमाथि उठाएको कदमको आलोचना गरेकी थिइन् । 

Related image

एस जयशंकरले बैठक रद्द गरिएको कारण खुलाउँदै भने, ‘मलाई लाग्दैन कि यो रिपोर्टले जम्मू–कश्मीरको स्थितिबारे सही बुझाइ दर्शाउँछ । यसले भारत सरकारको कदमको सही आँकलन पनि गरेको छैन । उनीसँग भेट्न मलाई कुनै इच्छा छैन ।’ 

उनले थपे, ‘जो निष्पक्ष छ र छलफल गर्न चाहन्छन्, म तिनीहरुसँग भेट्न चाहन्छु न कि जसले आफ्नो राय पहिल्यै बनाइसकेका छन् ।’ 

डिसेम्बरको शुरुवातमा अमेरिकी सांसद प्रमिला जयपालले अमेरिकाको तल्लो सदनमा प्रस्ताव राखेका थिए । यस प्रस्तावमा भारतलाई जम्मू–कश्मीरमाथि लगाइएको प्रतिबन्धहरु चाँडै हटाउन भनिएको थियो । 

बैठक रद्द भएको समाचार वासिङटन पोष्टमा छापिएपछि  यस खबरलाई प्रमिला जयपालले पनि ट्वीट गरिन् । 

उनले लेखेकी छिन्, ‘बैठक रद्द हुनु निकै चिन्ताजनक छ । यसले यो कुरालाई थप मजबुत बनाउँछ कि भारत सरकार कुनै पनि फरक मत सुन्न तयार छैन । 

यस मामिलामा काँग्रेस नेता तथा सांसद शशी थरुरले पनि ट्वीट गरेका छन् । 

उनले लेखेका छन्, ‘यो भारतजस्तो ठूलो लोकतन्त्रलाई सुहाउने कुरा हैन । मलाई विश्वास नै भइरहेको छैन कि एस जयशंकर आफ्नो कुटनीतिक अनुभवका बावजुद कुनै आलोचकसँग कुरा गर्न तयार छैनन्, चाहे उनी सहमत हुन् या नहुन्, उनी कुनै पनि बहस गर्नका लागि सक्षम छन् । असहमतिलाई लिएर असहिष्णुता बीजेपीको राजनीतिक विफलता हो ।’ 

प्रमिला जयपाल भारतको चेन्नइमा जन्मिएकी हुन् । उनी अमेरिकाको तल्लो सदनमा चुनिएकी पहिलो भारतीय–अमेरिकी महिला हुन् । यस भ्रमणमा एस जयशंकरसँगै रक्षामन्त्री राजनाथ सिंह पनि गएका छन् । दुवै भारतीय मन्त्रीले आफ्ना अमेरिकी समकक्षीसँग छलफल गर्दै छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =