वृज सिमेन्टद्धारा “एक्सपर्ट मेशनक्लब” सञ्चालित

मंसिर ३०,  काठमाडौँ ।  वृज सिमेन्ट इ. प्रा. लि. ले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । 

 यस एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशनक्लब” माआवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।   

यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भूमिका निर्वाह गरेको छ । उक्त कार्यक्रमलाई अझैँ फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लब” मा आवद्ध निर्माणकर्मीहरुलाई उपहार सहित पासबुक बितरण गरेको छ । 

यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्नेछन् ।   

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थान काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो ।   

अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशनक्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमीहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट उनीहरुलाई सुरक्षित महशुस गराउने  कम्पनीको  उदेश्य रहेको छ । 

आफ्ना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट Expert’s Choice सहित बजार प्रर्वधन शुरु गरिएको हो । 

Expert’s Choice बजार प्रर्वधनको क्रममा नेपालका बिभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन् । उनल भर्खरै सम्पन्न मिस वर्ल्ड  २०१९ मा मल्टिमिडिया अवार्ड र Beauty with a Purpose  अवाडर्स जितेकी हुन् ।  

गुणस्तरिय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध, वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ISO 9001:2015  वाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरु NS 385 वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु  NS 49 र पि. एस. सि NS 384 बाट प्रमाणित भइसकेका छन् ।  

कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पि.पि.सि. ) अन्तर्गत वृज सिमेन्ट रपोर्ट ल्याण्ड स्लयाग सिमेन्ट ( पि.एसि.सि. ) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ । यस उधोगका डिलरहरुको ठूलो सञ्जाल नेपाल भरी रहेको छ जसवाट आफुले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *