स्वर्ण पदक बिजेतालाई दिक्षान्त समारोहमा राेक लगाईयो

पुस ८ ।  आम सञ्चार विषयमा स्नातकोत्तरमा भारतको पोन्डिचेरी युनिभर्सिटीबाट स्वर्ण पदक बिजेता गर्ने एक छात्रालाई दिक्षान्त समारोहमा सरिक हुनबाट रोकिएको छ । 

सोमबार राष्ट्रपति रामनाथ कोबिन्द सरिक दिक्षान्त समारोहमा स्वर्ण पदक बिजेता रबिहा अब्दुरेहिमलाई राष्ट्रपति आउनु अघि नै कार्यक्रम स्थल छोड्न आदेश दिइएको छ । 

‘नागरिकता विधेयक ऐनको विरुद्धमा सरिक भएकाले म अधिकारीको निशानामा थिएँ । मलाई कार्यक्रममा सरिक हुन दिइएन । राष्ट्रपति बाहिरिएपछि मात्रै मलाई कार्यक्रम स्थलमा प्रवेश हुन दिइयो । पछि मैले डिग्री त लिएँ तर स्वर्ण पदक भने लिइनँ,’ उनले पत्रकारलाई भनिन् । 

नागरिकता विधेयक ऐनको विरोधमा जतिपनि विद्यार्थीले पुलिसको अमानवीय दुर्व्यवहार खेप्नुपर्‍यो, उनीहरुको पक्षमा उभिएको दर्साउनकै लागि रबिहाले स्वर्ण पदक बहिष्कार गरेको बताइन् । 

‘शिक्षित युवावर्गले देशको कानून र फासीवादी शासनको विरुद्धमा कडा कदम चाल्नुपर्छ,’ उनले भनिन् । 

त्यही युनिभर्सिटीकी अर्की स्वर्ण पदक बिजेता कार्थिका बी।कुरुपले दिक्षान्त समारोहलाई बहिष्कार गरेको घोषणा गरेकी छिन् । नागरिकता विधेयक ऐनको विरुद्धमा भइरहेको विरोध कार्यक्रमको समर्थनमा उनले यसो गरेको बताइन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =