श्रीमतीको हत्या गरी सेफ्टीट्याङ्कीमा हाल्ने श्रीमानसहित ३ जना पक्राउ

मंसिर २९, काठमाडौं । महिलाको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

सो गाउँपालिका-३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो। 

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । 

Image result for पक्राउ

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ। घटनाको थप अनुसन्धान गरिने उनले बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =